काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको घोर निन्दा गरेको छ ।
जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी पहलगाममा पर्यटकहरुमाथि भएको आतंकवादी आक्रमणको निन्दा गरेका हुन् ।
प्रवक्ता डा.यादवले विज्ञप्तिमा भनेका छन्, ‘मानवतालाई नै शर्मसार गर्ने यस्ता अमानवीय कुकृत्य कुनै पनि आधारमा एउटा सभ्य समाजमा स्वीकार्य हुँदैन ।’
साथै, उनले उक्त आक्रमणमा ज्यान गुमाएका नेपालीसहित सबै मृतकहरुको परिवारप्रति सम्वेदना प्रकट गरेका छन् ।
तपाईको प्रतिक्रिया