जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

समाचार

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक १६ गते मंगलबार बस्ने भएको छ ।

जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले एक सूचना प्रकाशित गर्दै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण विषयमा छलफल गर्न केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएका छन् ।

केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि मंगलबार बेलुकी ६ बजेदेखि मध्यबानेश्वरस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको प्रवक्ता डा.यादवले जनाए ।

सो बैठकमा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर आउन भनिएको छ ।

जनमत र नाउपाबीच एकीकरणको सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै बुधबार एकता घोषणा हुन लागेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ