राकेश यादव, रौतहट । महिला आवाज र अग्रगामी कार्यमा नेतृत्व सजग समाज परियोजनाको जिल्लास्तरीय सरोकारबालाहरुको बैठक शुक्रबार रौतहट जिल्लाको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
अभियान नेपालको आयोजना institute of himalayan risk reduction, केयर नेपालको प्राबिधिक सहयोगमा परियोजनाको संचालन सम्बन्धि बैठक सम्पन्न भएको हो ।
पुर्वानुमानमा आधारित पूर्वकार्यका संयन्त्रहरुमा महिलाको नेतृत्वलाइ प्रवद्र्धन गर्ने उद्देश्यले परियोजना लागू भएको केयर नेपालका कार्यकारी निर्देशक सुरज गौतमले जानकारी दिएका छन् ।
३ करोड भन्दा बढी बजेट रहेको सजग समाज परियोजना रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ६, ८ र दुर्गा भगवती गाउपालिकाको वडा नम्बर ५ बाढी प्रभावित वडामा लागु गरिने छन् ।
बाढी आउनुभन्दा पूर्व र बाढी पछि गरिने तयारी कार्य बारे सजगता अपनाउने जानकारी गराउने लक्ष्य परियोजनाको रहेको जानकारी गराइएको छ ।
जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष राम अयोध्या यादवको सभापतित्वमा भएको जिल्ला स्तरीय सरोकारवालाहरुको बैठकमा राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी प्रसाद यादवले गौर, राजदेवी नगरपालिका बागमती नदि र लाल बकैया नदीको पानीले बर्षेनी डुवानमा पर्दै आएको उल्लेख गर्दै पानीको उचित निकास हुनु पर्ने जोड दिए ।
बांधको मरमतमा संघ र प्रदेश सरकारले समयमा ध्यान दिनु पर्ने बताउदै नदीको बेड लेबल बढी भएकोले माटो निकाल्नु पर्ने बताए ।
नदीको सतह माथि भएकोले बाढीको उच्च जोखिम रहेको उहाको कथन रहेको छ। बैठकमा सजग समाज परियोजनाको लक्ष्य उदेश्य प्रभावित क्षेत्रका लागि राम्रो रहेको बताउदै दुर्गा भगवती गाउपालिकाका अध्यक्ष शम्भु सिंहले यसको सफलताको कामना समेत गरेका छन् ।
बाढीबाट सुरक्षित हुनको लागि झाझ नदीमा बांध आवश्यक रहेको भन्दै नेपाल सरकारले यस प्रति चासो देखाउनु पर्ने धारणा राखे ।
भारतीय बांधको कारण बाढी को पानी निकासमा अप्ठ्यारो हुने गरेकोले गौरमा ढल निकास तथा लाल बकैया र बागमती नदीको बांधको उचाई बढाउनु पर्ने बताए ।
कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले विपद व्यवस्थापन तथा पूर्व तयारीबारे सामाजिक स्तरमा जनचेतना फैलाउनु पर्ने, समयमा सुचना प्रभाव गर्ने व्यवस्था मिलाउनु पर्ने लगायतका बिषयमा सकारात्मक सल्लह सुझाव दिएको आयोजक सस्थाका शत्रुधन प्रसाद सिंहले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया