पर्सा । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय सुधिर प्रसाद साहको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१२ मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका–३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् ।
सुधिरलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा सुधिरलाई सकुशल उद्दार गरी अपहरणमा सलंग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया