नीति तथा कार्यक्रम पछिल्लो वर्षकै कपिपेष्ट : प्रभु साह

समाचार

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले आज संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमलाई कर्मकाण्डी र गत वर्षकै कार्यक्रमको निरन्तरताको संज्ञा दिएका छन् ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकलाई निकास नदिनेपनि ठोकुवा गरेका छन् ।

नीति तथा कार्यक्रमबारे संघीय संसद भवन बानेश्वरमा प्रतिक्रिया दिने क्रममा साहले यसले देशलाई निकास दिन नसक्नेमात्रै नभएर ‘क्यान्सरको रोगाीलाई टिबीको औषधी’ को संज्ञा दिएका छन् ।

उनले प्रस्तुत गरिएको नीति तथा कार्यक्रम गत वर्षकै कार्यक्रमलाई ‘कपी एण्ड पेष्ट’ गरिएको पनि आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ