रुपन्देही । भारत– पाकिस्तानको तनावलाई लिएर रुपन्देही जिल्लाका नेपाल–भारत सीमा क्षेत्रमा दुई देशका संयुक्त सुरक्षा गस्तीहरूलाई बढाइएको छ ।
सीमा क्षेत्रहरूमा सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही जिल्लाका नेपाल–भारतका सीमा क्षेत्रमा साविक भन्दा बढी मोबाइल गस्ती, चेक पोइन्ट बढाइएको सशस्त्र प्रहरी बल हेक्वा २७ नं गणका एसपी मेखराज जोशीले बताएका हुन् ।
दैनिकी समन्वय गरि बोर्डर मिटिङ गरिरहेको सशस्त्र प्रहरी बल नेपाल २७ नं गणका प्रवक्ता मोहन न्यौपानेले बताए ।
सीमा नाकाबाट नेपाल आउने विवरणहरू यात्रु सबैको चेक जाँच जारी राखेको र पारी भारत तर्फ जानेको भारतीय एसएसबीले गरिरहेको छ । दैनिक समन्वय गरि बोर्डरको मोनिटरिङ समेत भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया