काठमाडौं । तराई–मधेशकेन्द्रित सात राजनीतिक दलको संघीय लोकतान्त्रिक मोर्चाले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयक असंवैधानिक रहेको बताएको छ ।
बुधबार जनमत पार्टीको केन्द्रीय सचिवालयमा बसेको मोर्चाको बैठकले भूमि व्यवस्था र भूमिसम्बन्धी अभिलेख राख्ने अधिकार संविधानले नै प्रदेशलाई दिएको अवस्थामा प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरि सरकारले भूमिसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरेको भन्दै असहमति जनाएको हो ।
सरकारले ल्याएको विधेयक असंवैधानिक रहेकाले यसबाट भूमिहीनको समस्या हुन नसक्ने निष्कर्ष निकालिएको मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त विधेयकले भूमाफियालाई मात्रै अत्यधिक लाभ पुग्ने मोर्चाको ठहर छ । बैठकले उक्त विधेयक फिर्ता लिन माग गरेको हो ।
त्यस्तै बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटका सन्दर्भमा समेत छलफल भएको थियो । बैठकले आगामी बजेट जनसंख्या र मानव विकास सूचकांकका आधारमा बिनियोजन गर्नुपर्नेमा जोड दिएको छ ।
तपाईको प्रतिक्रिया