लोसपा महासचिव मिश्र प्रवक्ता मनोनयन

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव मनिषकुमार मिश्रलाई केन्द्रीय प्रवक्ता पदमा मनोनयन गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित विधानअनुसार उनलाई केन्द्रीय महासचिवसँगै प्रवक्ताको भूमिकासमेत प्रदान गरिएको जानकारी दिइएको हो ।

अध्यक्ष ठाकुरले मिश्रलाई मनोनयन गरिएकोमा बधाई दिँदै देश, मधेश तथा पार्टीको हितमा उनको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ