मधेशी एकता समाज, कतारद्वारा बकर ईदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाचार

दोहा, कतार । मधेशी एकता समाज, कतारको आयोजनामा दोहास्थित गोर्खाली रेस्टुरेन्टमा बकर ईदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो रहेका थिए ।

अध्यक्ष महतोले कार्यक्रमको बैनर उद्घाटन गरी औपचारिक सुरुवात गरेका थिए । विशिष्ट अतिथि समाजका संस्थापक अध्यक्ष रविन्द्र कुमार यादव तथा कार्यक्रमका अध्यक्ष समाजका वर्तमान अध्यक्ष शिव कुमार महतो रहेका थिए ।

दीप प्रज्वलन, राष्ट्रिय गान तथा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणसहित सुरु गरिएको कार्यक्रममा उद्घोषक चन्द्रवीर कुमार यादवले आकर्षक ढंगमा सम्पूर्ण कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा समाजका वरिष्ठ पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो ।
स्वागत मन्तव्य समाजका पदाधिकारी गौतम कुमार शर्माले प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ