करिब २ सय ३६ किलोग्राम गाँजा सहित मिनिट्रक चालक पक्राउ

समाचार

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्रामसहित मिनिट्रक चालक पक्राउ परेका छन् ।

सोमबार दिउँसो मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ