राजवि स्कूल अफ हेल्थ साइन्सेजको निर्देशकमा डा.वीरेन्द्रकुमार झा नियुक्त

समाचार

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायअन्तर्गत स्कूल अफ हेल्थ साइन्सेजको निर्देशकमा डा.वीरेन्द्रकुमार झा नियुक्त भएका छन् ।

शुक्रबार विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले सह–प्राध्यापकसमेत रहेका डा. झालाई निर्देशक पदमा नियुक्त गरेका हुन् ।

२० वर्षदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय झा पछिल्लो समय जानकी मेडिकल कलेजमा बायोकेमेष्ट्री विभागको प्रमुखको रूपमा कार्यरत थिए ।

साथै, उनी एक वर्षदेखि राजर्षिजनक विश्वविद्यालय अनुसन्धान केन्द्रको सदस्यसमेत थिए । उनले शोध गरेका एक दर्जनभन्दा बढी अनुसन्धान पेपर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।

डा. झा थाइल्याण्डबाट बायोकेमेष्ट्रीमा स्नातकोत्तर र भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ