जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै शुक्रबार सञ्चारकर्मीसँग उनले आफूलाई संविधानले दिएको अधिकारभित्र रहेर न्यायपूर्ण रूपमा काम गर्ने बताएका हुन् ।
प्रदेश प्रमुख डा. कर्णले आफू पत्रकारमैत्री प्रदेश प्रमुखको रूपमा रहने धारणा राख्दै सञ्चारकर्मीलाई राय, सुझाव र सहयोगका लागि आग्रह गरे ।
उनले मधेस प्रदेश सीताको जननी भूमि रहेको भन्दै यहाँको ऐतिहासिक र सांस्कृतिक पहिचानप्रति सम्मान गर्दै अगाडि बढ्न अपिल गरे ।
प्रदेश प्रमुख डा कर्णले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापकको रूपमा लामो समय सेवा गरेका थिए ।
तपाईको प्रतिक्रिया