दीर्घकालीन असर पर्ने कार्य तत्काल स्थगन गर्न नेपाल रेडक्रसको निर्देशन

समाचार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

सोसाइटीको केन्द्रीय तदर्थ समितिले विधान महाधिवेशन सम्पन्न नहुँदासम्म संस्थाका नियमित र अत्यावश्यक सेवा सञ्चालन बाहेकका दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न मातहतका सबै निकायलाई आग्रह गरेको हो ।

परिपत्रमा उल्लेख गरिएअनुसार विधान महाधिवेशन सम्पन्न नभएसम्म नयाँ सामान खरिद, निर्माण, स्थायीतर्फ नयाँ कर्मचारी नियुक्ति, सरुवा, बढुवालगायत दीर्घकालीन असर पार्ने कार्य नगर्न/नगराउन सोसाइटीका सबै प्रदेश कार्यालय, जिल्ला शाखा, आँखा अस्पताल तथा विभागहरूलाई अनुरोध गरिएको छ ।

समितिको पुष ३ गते बसेको बैठकले रेडक्रस सोसाइटीको विधानमा अठारौँ संशोधनका लागि विधान महाधिवेशन यही पुष २५ गते गर्ने गरी मितिसमेत तय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ