मो. इसराफिल राइन, महोत्तरी । पालिका तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पु¥याउने उद्देश्यले मटिहानी नगरपालिकाले संचालन गरेको एकीकृत घुम्ती सेवा शिविर–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।
सो अवसरमा आयोजित समापन समारोहमा बोल्दै नगर प्रमुख हरि प्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पु¥याउने उद्देश्यले संचालन गरेको एकीकृत घूमती सेवा शिबिरबाट जनगुनासो बुझ्न र सोही अनुसारको बिकासको कार्य गर्न हामीलाई सहयोग पुगेको साथै यस शिबिरबाट पालिकाको सेवा जनताको गर्दैलो मैं गर्न पाउदा धेरै नै प्रफुलित भएको बताएका छन् ।
पौष ८ गते मटिहानी नगरपालिका वडा नं. १ सिरसियाबाट प्रारम्भ भई उक्त सेवा शिविर आज वड़ा नं.९ मा आई आज सम्पन्न भएको छ ।
९ दिनसम्म चलेको सो शिविरमा १०६ जना ज्येष्ठ नागरिक परिचयपत्र वितरण, ३ जना अपाङ्गता परिचयपत्रका लागि दरखास्त संकलन, १६३२ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, २३०१ जना किसानलाई तरकारीको मिनी किट वितरण, २८४९ वटा पशुहरुको निःशुल्क उपचार तथा औषधि वितरण, ६२ जनालाई वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायतका सम्पूर्ण सेवाहरू, ८७१ जनालाई आयुर्वेद सेवा र ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरी जम्मा ७९०९ सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको कुरा पालिकाले जनाएको छ ।
वड़ा नं.९ को वड़ा अध्यक्ष अध्यक्षतामा सम्पन्न समापन समारोहमा पूर्व सांसद रामचन्द्र तिवारी, पूर्व स्वास्थ्य सह–सचिव गरीब दास ठाकुर, उप–प्रमुख मञ्जु देवी साह, ९ वटै वडाका वडा अध्यक्षहरू,प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा लगायत सम्पूर्ण शाखाका प्रमुखहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडा सचिवहरू बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया