ओलीले गरे मन्‍त्रिपरिषद् विस्तार: गृहमा बादल, अर्थमा खतिवडा

समाचार

2/26/2018

काठमाडौं - प्रधानमन्‍त्री केपी ओलीले मन्‍त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्र रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी भएको छ। बादल गृहमन्‍त्री बनेका छन्।

मन्‍त्री बन्‍नेमा एमालेबाट इश्‍वर पोखरेल र डा. युवराज खतिवडा छन्। इश्‍वर पोखरेल रक्षा मन्त्री बनेका छन् र खतिवडाले भने अर्थ मन्त्रालय सम्हाल्ने भएका छन् ।

नेता मातृकाप्रसाद यादवले भने उद्योग मन्त्रालय सम्हाल्ने छन् ।

पोखरेलसहित एमालेका २ र माओवादी केन्द्रका २ मन्त्रीले राष्ट्रपति सामु सपथ लिएका छन् ।

फागुन ३ गते ओली प्रधानमन्‍त्रीमा नियुक्त भएका थिए। प्रधानमन्‍त्री भएको ११ दिनपछि ओलीले मन्‍त्रिपरिषद् विस्तार गरेका हुन् 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ