अधिकारका लागि अब कसैले पनि शहिद हुनु पर्दैन: प्रम ओली

राजनीति

1/30/2019

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि शहीद हुनु नपर्ने बताएका छन् ।
शहीद सप्ताहको अन्तिम दिन काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
“हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो । अब त्यस्तो अवस्था छैन ” प्रधानमन्त्री ओलीले भने “अब त्यस्तो अवस्था छैन । हामीले अधिकारका लागि लडिने लडाईं पुरा गरेका छौं । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब शहीद हुनु पर्दैन ।”


प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको उल्लेख गरे । “हामीले अधिकारमा समानता हाँसिल गरिसकेका छौं ” प्रधानमन्त्री ओलीले भने “अब अवस्थामा पनि समानता स्थापित गर्ने चरणमा हामी छौं ।” सुशासन र आर्थिक विकास मार्फत देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने पनि बताए । “नेपाललाई प्राकृतिले सम्पन्न र धनी देश बनाएको छ” प्रधानमन्त्री ओलीले भने “मानिसले यस देशलाई गरिब बनाउनु हुँदैन । यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ ।” प्रधानमन्त्री ओलीले कार्यक्रममा लैनचौर स्थित शहीद स्मारकमा माल्यर्पण गरेका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ