अध्यक्ष साह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

राजनीति

9/18/2018

रौतहट, १ असोज । नेपाल पत्रकार महासंघ रौतहट शाखाका निर्वा्चित अध्यक्ष रविन्द्र साहका विरुद्धमा सोमबार अविश्वास प्रस्ताव दर्ता भएको छ ।

अध्यक्ष साहले पत्रकार अचार संहिताको उल्लंघन गरेको, विधान विपरीत काम कार्यवाही गरी आर्थिक अनियमितता गरेको भन्दै शाखा ५३ जना सदस्यले हस्ताक्षर गरी अविश्वासका प्रस्ताव दर्ता गराएका हुन् ।

शाखाका अध्यक्ष उत्तम उपाध्यायले अविश्वासका प्रस्ताव माथि तोक लगाएर अविश्वास प्रस्ताव दर्ता गरेका छन् । ७६ जना सदस्य भएको महासंघको अध्यक्ष विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित हुनेमा शंका

हेको छ । बहुमतको लागि ५२ जनाको आवशयक रहेको छ । अविश्वासको प्रस्तावको सामना गर्ने अध्यक्ष साहलाइ २६ जनाको समर्थन जरुरी रहेको देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ