अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समिति गठन

राजनीति

3/21/2019

वीरगन्ज, ७ चैत । संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्लाको अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समिति गठन गरिएको छ । फोरम नेपालको केन्द्रीय निर्वाचन समितिले पर्सा जिल्लाको अधिवेशन सम्पन्न गर्न ३ सदस्यीय जिल्ला निर्वाचन समिति गठन गरेको हो । फोरम नेपाल निर्वाचन सम्बन्धी नियमावली २०७३ अनुसार पर्साको अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय निर्वाचन समितीले नवल किशोर यादव, दिनेश महतो र विश्वनाथ यादव सम्मिलित ३ सदस्यीय जिल्ला निर्वाचन समिति गठन गरिएको केन्द्रीय निर्वाचन समितिका प्रमुख डा.शिवजी यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ