अन्ततः राजपा र समाजवादीबीच एकीकरण, ‘जनता समाजवादी पार्टी’ घोषणा (सहमतिपत्रसहित)

राजनीति

4/22/2020

काठमाडौं । लामो समयको प्रयासपश्चात् अन्ततः राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण सफल भएको छ । एकीकरणपश्चात् ‘जनता समाजवादी पार्टी’ घोषणा भएको हो ।

समानताको आधारमा दुवै पार्टीबीच एकीकरण भएको हो ।

बुधबार राति अबेरसम्म दुवै पार्टीका नेताहरुबीच भएको वार्तामा पार्टी एकीकरण टुंगो लागेको हो । एकीकृत पार्टीको समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयताकार आकारको रातो र हरियो रंगको तारा हुनेछ ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा)को चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुने सहमति भएको सहमतिपत्रमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ