काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यन्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजवुद बनाउनु पर्ने बताएका छन् ।
अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा । बताएका हुन् । प्रधानमन्त्री ओलीले संघीयता नेपालका लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नु पर्ने बताए ।
“मुख्यमन्त्रीको कार्यलय, प्रदेश मन्त्रीको कार्यलय, आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्” प्रधानमन्त्री ओलीले भने “अहिले तिनलाई व्यबहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौंला । खेलमा पस्ने वित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुदैन ।
अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघियता त्यस्तै नयाँ खेल हो । तर यसमा हामी च्याम्पियन सावित हुनेछौं ।” संघीयता कार्यन्वयनका लागि सरकारले गति बढाउनु पर्दछ । “हामी गलत बाटोमा गएका छैनौ । संघीयता कार्यन्वयनमा गति बढाउन बाँकी छ” प्रधानमन्त्री ओलीले भने ।
संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।
तपाईको प्रतिक्रिया