अब प्रदेश सरकारले करार ऐन पास गरेर कर्मचारी पूर्ति गर्छ : मुख्यमन्त्री राउत

राजनीति

10/23/2018

जनकपुरधाम, ६ कार्तिक । प्रदेश प्रहरी ऐनप्रति केन्द्रको असन्तुष्टि रहेको बेला प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले कर्मचारीको अभावका आफूहरुले काम नसकिरहेको भन्दै अब करार ऐन पास गरेर कर्मचारी पूर्ति गर्ने बताएका छन् ।

मंगलबार नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नेकपाका केन्द्रीय अध्यक्षलगायत केन्द्रीय मन्त्रीहरुको अगाडि यस्तो कुरा बताएका हुन् ।

उनले आफूहरुले संविधानलाई नै टेकेर प्रहरी ऐन ल्याएको दाबी गर्दै अब आवश्यक परे करार कर्मचारी ऐन पनि पारित गरेर कर्मचारी पूर्ति गर्ने जिकिर गरे ।

उनले सिंहदरबार गाउँ–गाउँमा भनिए पनि अहिले पनि केन्द्रकै कब्जामा सिंहदरबार रहेको आरोप लगाए । उनले केन्द्रले आफूलाई दिनुपर्ने अधिकार अहिलेसम्म पनि दिन नचाहेको बताए ।

‘केन्द्रले एक वर्षभित्र संघीय प्रहरी ऐन पास गरिसक्नुपर्ने थियो तर, ढिलाई भएकोले प्रदेशले आफ्नो प्रदेश प्रहरी ऐन ल्याएको हो’ मुख्मयन्त्रीले भने, ‘हामीले संविधानको अक्षरशः पालना गरेका छौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ