अब समर्थन फिर्ता लिएर संघर्षमा जान्छौं : महासचिव झा

राजनीति

11/18/2018

काठमाडौं, १ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधन अगाडि नबढाइए संघर्षमा जाने चेतावनी दिएका छन् ।

उनले जतिसक्दो चाँडो संविधान संशोधन गरेर मधेशी, दलित महिला तथा उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार आयोजित साक्षत्कार राजपाका महामन्त्री केशव झाले संविधान जारी भएलगत्तै उठाउँदै आएको संविधान संशोधनको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए ।

महामन्त्री झाले भने, “सरकार गठन भएको नौ महीना भइसकेको छ, हामीले दशैँअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थियौँ, उनले दशैँको टीका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भने पनि अहिलेसम्म हुन सकेको छैन ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ