काठमाण्डौं, २२ माघ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी र शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबिच भेट भएको छ ।
मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शिक्षाको जग बसाल्न प्राथामिक शिक्षामा बिषेश सहयोग गर्न तयार रहेको उनको भनाई थियो । आफुसंग शिक्षा क्षेत्रको धेरैं अनुभव भएको र शिक्षा क्षेत्र कैं व्यक्ति भएको परिचय दिदैं राजदूत बेरीले दुई पटक शिक्षा मन्त्री हुनभएका मन्त्री पोखरेलसँग अनुभव साट्न र समग्र शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न भेट्न चाहेको बताए ।
उनले नेपालका बिद्यालयहरुमा अग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयमसेवकहरुलाई भिषाको प्रक्रिया सहज बनाई दिन पनि अनुरोध गरे ।
साथैं राजदूत बेरीले १९६२ मा स्थापना भएको लिङ्कन स्कुलमा अग्रेजी भाषा पढ्न चाहने बिद्यार्थीहरुलाई सहज वातावरण मिलाई दिन पनि नेपाल सरकार समक्ष अनुरोध गरे ।
भेटमा मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएकोमा अमेरिकी सरकारलाई बिषेश धन्यवाद ज्ञापन व्यक्त गर्दे सहयोगको निरन्तरताको अपेक्षा पनि गरिएको बताए ।
बिद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्राराम्भिक कक्षा पढाइ कार्यक्रमले १० लाख बालबालिका लाभान्वित भएको स्मरण गर्दै मन्त्री पाखरेलले यस्ता कार्यक्रमको सकारात्मक नतिजालाई हेरेर नेपाल सरकारले क्रमैसंग सबै जिल्लामा विस्तार गर्ने नीति शुरु गरिसकेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया