अयोध्याबाट आउने जन्तीलाई स्वागत गर्न कांग्रेस उपसभापति निधिले दिए निर्देशन

राजनीति

12/8/2018

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अयोध्याबाट आउने साधुसन्त तथा जन्तीलाई स्वागत गर्न निर्देशन दिएका छन् ।

जनकपुरममा मङ्सिर २६ गते हुने विवाह पंचमीको अवसरमा आयोजित सप्ताव्यापी समारोहलाई भव्यताका साथ् सफल बनाउन समेत उपसभापति तथा पूर्वउपप्रधानमन्त्री निधिले निर्देशन दिएका हुन् ।

निधिका स्वकीय सचिव विश्वास विक्रमले जनाएअनुसार प्रदेश नम्बर २ का संसदीय दलका नेता राम सरोज यादव र धनुषा सभापति महेश शंकर गिरीलाई निर्देशन दिएका छन् ।

‘अयोध्याबाट आउने साधु सन्त सहितको जयन्तीलाई जटही नाकामा स्वागत गर्न र जनकपुरमा पनि सबै अतिथिहरुलाई स्वागत गर्न गराउन नेपाली कांग्रेसलाई निर्देशन दिनु भएको छ ।’ निधिको भनाईलाई उदृत गर्दै विश्वासले बताए ।

विवाह पञ्चमीको दिन मङ्सिर २६ गते जानकी मन्दिरमा पुजन समारोहमा निधिले भाग लिने कार्यक्रम पनि रहेको विश्वासले जनकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ