असोज ३ गते राजपाले मधेशव्यापीरुपमा विरोधसभा गर्ने (निर्णयसहित)

राजनीति

9/16/2018

काठमाडौं, २८ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालले असोज ३ गते संविधान दिवसको दिन मधेशव्यापीरुपमा विरोधसभाहरु गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

असोज ३ गते पार्टीद्वारा देशव्यापी रुपमा जिल्ला सदरमुकामहरुमा आयोजना गरिने विरोध कार्यक्रमको तैयारी बैठक तथा सभालाई पार्टीको नेताहरुले निम्नानुसार सहभागी भई सम्बोधन गर्नेछन् ः

क) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश नं. २ को पर्सा र बारामा, 

ख) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा प्रदेश नं. ५ को बांके एवं बर्दिया तथा प्रदेश नं. ७ का कैलाली र कंचनपुरमा 

ग) अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव प्रदेश नं. ५ को नवलपरासी, रुपन्देही र कपिलबस्तुमा

घ) अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारी प्रदेश नं. १ को झापामा

ङ) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव प्रदेश नं. १ को मोरंग र सुनसरीमा

प्रदेश नं. २ का निम्न जिल्लाहरुमा प्रदेश नं. २ का सरकारका निम्नानुसारका मन्त्री एवं राज्यमन्त्रीहरुले निम्नानुसार सम्बोधन गर्ने कार्यक्रम तोकिएको छ ः

सप्तरीमा मन्त्री जितेन्द्र सोनल, सिरहामा मन्त्री रामनरेश राय, धनुषामा मन्त्री नवलकिशोर साह, महोत्तरीमा राज्यमन्त्री डिम्पल झा, सर्लाहीमा राज्यमन्त्री अभिराम शर्मा र रौतहटमा राज्यमन्त्रीसुरेश मण्डल ।

यसैगरी, राजपा नेपालको विधानः २०७४ (संसोधन–२०७५) पारित गरिएको छ । राजपा नेपालको प्रदेश नं. २ को प्रदेश सभा, संसदीय दलको विधानः २०७५ परिमार्जन सहित स्विकृत गरीएको छ ।

२०७६ बैशाख ७, ८ र ९ गते आयोजित हुने पार्टी महाधिवेशन प्रयोजनको लागी राजपा नेपालको विधानः २०७४ (संसोधन–२०७५) बमोजिम जारी गरिएको नया साधारण सदस्यता बितरण एवं नविकरण र सक्रिय सदस्यताको फारम भर्ने अन्तिम मितिः २०७५ कार्तिक मसान्तलाई तोकिएको छ ।

२०७५ कार्तिक मसान्तसम्ममा बितरित र नविकरण गरिएका साधारण सदस्यताको अधकट्टी सहितको सूची र सक्रिय सदस्यता फारम सहितको सूची २०७५ मंसीर ५ गतेसम्ममा पार्टी केन्द्रिय कार्यालयमा बुझाईने छ ।

विविध कारणवश राजपा नेपाल बाट अलग हुनुभएका वा रहनुभएका नेता, कार्यकर्तालाई राजपामा फर्किन आग्रह गरिन्छ । साथै, अधिकार प्राप्तिको संघर्षमा योगदान दिन चाहनु हुने सम्पुर्ण न्यायप्रेमी लोकतन्त्रका हिमायती जनसमुदायलाई राजपामा प्रवेश गर्न आह्वान गरिन्छ ।

पार्टी सम्बद्ध बर्गिय संगठनको केन्द्रिय नेतृत्वको बैठक गरी समायोजन गर्ने कार्य असोज १० गते सम्ममा सम्पन्न गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ