जनकपुरधाम, ८ माघ । नेपाली कांगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले आउने चुनावमा कांग्रेस पुनः पहिलो पार्टी हुने दाबी गरेका छन् ।
उनले यसपटकको निर्वाचनमा पराजयको एउटा कारण कम्युनिष्टहरुबीच गठबन्धन र आन्तरिक कलह पनि रहेको बताए ।
उनले सरकारले अहिलेसम्म कुनै उपलब्धिमूलक कार्य नगरेको आरोप लगाएका छन् । उनले काङगे्रस सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहेको जिकिर गरेका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन महामन्त्री कोइरालाले सरकारले योजनाविहीन तरिकाले काम गरिरहेको आरोप लगाए ।
तपाईको प्रतिक्रिया