आङ्काजी शेर्पाले गुटबन्दी गरेको किराँतीको आरोप

राजनीति

7/19/2020

काठमाडौं, ४ साउन । ज्नता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद सदस्य तथा प्रवास उपाध्यक्ष मिलन कान्छा किराँतीले सङ्गठनभित्र आफूविरुद्ध गुटबन्दी गर्न प्रवास ईन्चार्ज आङ्काजी शेर्पा सक्रिय रहेको आरोप लगाएका छन् ।

उनले भने, ‘शेर्पाजीले अनावश्यक गुटबन्दी चलाउनु भो । यसले कसैलाई फाईदा गर्दैन । यो सङ्गठनको हितमा छैन ।’ यस्तो हर्कत तुरुन्त रोकिनुपर्ने, नरोकिए केन्द्रीय समितिलाई छानबिन गर्न समेत माग गरे । उनले थपे, ‘गुटबन्दी गर्नेलाई छानबिन गरी कडा कारबाही गरिनु पर्छ ।’

यदि एमसीसीबारे प्रवासको साझा धारणाभन्दा फरक धारणा मिडियामा बोलेको, विधि, प्रकृयाभन्दा बाहिर गएको भए र यहि प्रवासको सन्दर्भसँग सम्बन्धित रहेर पार्टी अध्यक्षद्धय उपेन्द्र यादब र महन्थ ठाकुरले एमसीसीबारे विज्ञप्ति जारी गर्दै अनभिज्ञता प्रकट गरेको होभने केन्द्रको औपचारिक पत्र आउनु पर्छ । पार्टीकेन्द्रलाई चित्तबुझ्दो र प्रष्ट प्रष्टिकरण दिन तयार छु । नत्र अमूक व्यक्ति बीचमा बसेर सङ्गठनभित्र भ्रम सिर्जना गर्न पाइदैन ।’ एमसीसीबारे प्रवासले केन्द्रलाई औपचारिक पत्र पठाएको, आफ्नो साझा धारणा गोप्य राख्न नभई प्रतिवेदन अनुसार सबै सदस्यले धारणा राख्न तयार गरिएको र कार्यदल संयोजकको हैसियतले यसबारे पदाधिकारी बैठकले पास गरेपश्चात प्रकृयागत नै आफुले बोलेको भन्दै एमसीसीबारे केन्द्रको धारणा चाँडो अपेक्षा गरिएको समेत किराँतीले स्पष्ट पारे ।

आफुले शेर्पालाई पहिचानको नाममा साम्प्रदायिक कुरा गरेर ठीक्क मिलेर बसेको समाजमा विग्रह नल्याउन, कमिटीगत प्रणालीभन्दा बाहिरका स्तरहीन एवं असम्बन्धित व्यक्तिसँग अन्तरवार्तामा बसेर प्रवास सङ्गठनको उचाई नघटाउन र इन्चार्जको भूमिका समन्वय गर्ने भएकोले प्रवास सङ्गठनमा अनावश्यक सक्रियता नदेखाउन अपिल गरेसँगै शेर्पाले एमसीसीबारे अनर्गल प्रचारगर्दै आफुविरुद्ध प्रवास मूख्यसचिव विश्वदीप तिगेला प्रयोग गरेर गुटबन्दी गरेको किरातीले आरोप लगाए ।

प्रवास र केन्द्रसँग सङ्गठनकोे लागि राम्रो समन्वय गर्न सक्ने इन्चार्ज आवश्यक रहेकोले गैह्रभौगोलिक प्रदेशको अनुभवसहितको योग्य ईन्चार्ज आउदो प्रवास प्रदेस पदाधिकारी बैठकमा आफुले माग उठान गर्ने समेत उनले बत्ताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ