जनकपुरधाम, ७ फागुन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ को शपथग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।
उनले दुई तिहाइको दम्भ देखाएर केपी ओली नेतृत्वको सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई आतंकित पारेको भन्दै सरकारको रबैयाबिरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उपसभापति निधिले प्रदेश सरकारले पनि कर्मचारीलाई भेदभाव गरिरहेको गुनासाहरु आएको भन्दै आवश्यक परे आन्दोलनको लागि तयार भएर बस्नुपर्ने बताएका हुन् ।
राजनीतिक र वैचारिक आस्थाको आधारमा कर्मचारीलाई तर्साउने काम आफूहरुलाई सह्य नहुने निधिले बताए । उनले आफ्नो अधिकार क्षेत्रभित्र रहेर जनताको सेवामा तदारुकताका साथ खट्न कर्मचारीहरुलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया