सरकारले आफ्नै देशमा उपनिवेशिक बनायो : यादव

राजनीति

3/12/2020

काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टीका संयोजक तथा सांसद महेन्द्रराय यादवले नागरिकता विधेयक चाँडै पास गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद रायले नेपालीको जन्मसिद्ध अधिकार हनन भएको बताउँदै यस्तो बताएका हुन् । ‘नेपाली जनताको जन्मसिद्ध अधिकार हनन भएको छ ।

नागरिकताको अभावले नेपालीको सन्तानले नै पढ्न पाएका छैनन्, जागिर पाएका छैनन्, स्वास्थ्य सेवा पाइरहेका छैनन्, नोकरी गर्न र व्यापार केही गर्न सकेका छैनन्, उनले भने– आफ्नै देशमा उपनिवेशिक बनाएर यो सरकारले के गर्न लागेको हो ?’ नागरिक विधेयकसम्बन्धी विधेयकको अध्ययन गर्न बनेको समितिले पनि काम नगरेको उनको आरोप छ ।

‘समितिले पनि काम गर्न सकेन,’ उनले भने, ‘नागरिकको विधेयक सहमतिको आधारमा संसदबाट पारित गरियोस् । त्यो नेपाली जनताको के अपराध छ । जसको छोराछोरीले आफ्नै देशको नागरिकता पाउँदैनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ