आफ्नो संस्कृतिलाई जोगाउनु पर्छ : राज्यमन्त्री झा

राजनीति

9/16/2018

राकेश यादव, रौतहट, २५ भाद्र । गौर नगरपालिका कार्यालयको आयोजनामा तीज महोत्सव कार्यक्रम सम्पन्न भएको छ । उपप्रमुख किरण ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात विकास राज्यमंत्री डाक्टर डिम्पल झाले महिलाहरुलाई आधुनिक युगमा आफ्नो संस्कृतिलाइ जोगाउँदै अघि बढ्नु पर्ने बताएकी छन् । 

कार्यक्रमको सम्बोधन गर्दै राज्यमन्त्री झा मधेशी महिलाहरु घरमा दबिएको अवस्था रहेका छन राजनीतिकको कारण अहिले स्थानीय तहमा नेतृत्व गर्ने मौका पाएको बताइन् । अधिकारको लड़ाई जारी रहेको बेला महिला हरुले आफ्नो सभ्यता मूल्य मान्यता संस्कृतिलाइ संरक्षण गर्नु पर्ने धारणा राखिन् । 

महोत्सव कार्यक्रममा प्रदेश सांसद बाबूलाल साहले महिलाहरुको खुसीको पर्व तीज रहेको बताए । तीज पर्वमा व्रत बस्ने महिलाहरुका लागि कामना समेत गरे । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल यादव, कृषि विज्ञ डाक्टर श्रीभगवान ठाकुर लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा प्रदेश सांसद बाबूलाल साह, नगरप्रमुख अजय गुप्ता, प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता, फोटो पत्रकार महासंघका अध्यक्ष प्रभात झा, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जैसवाल लगायत महिलाहरुलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ