ललितपुर, २३ माघ । सङ्घीय साँस्कृतिक महासङ्घको ३ नम्बर प्रदेश तदर्थ समिति एक कार्यक्रमका बिच यहि माघ २३ गते गठन भयो ।
महासङ्घका सचिव तथा ३ नम्बर प्रदेश इन्चार्ज रहर तामाङको अध्यक्षतामा भएको भेलाले मनिष श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तर्दथ समिति गठन गरेको छ । समितिका उपाध्यक्ष इन्दु साही, सचिव निर्मल लामा र कोषाध्यक्षमा सुष्मा सिक्राकार रहेका छन् ।
प्रमुख अतिथि पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भेलाको उद्घाटन गर्दै सांस्कृतिक क्षेत्रको संगठन बनाउने मात्र होइन चलायमान पनि बनाउनु पर्छ भन्दै संगठनलाई डेन्टिङ पेन्टिङ मात्र नगरी इञ्जिन नै बलियो बनाउन आग्रह गरे । सहअध्यक्ष श्रेष्ठले भने, ‘पार्टीको विचार टुङ्गो लागे पछि संगठन र राजनीतिक कार्य्दिशा टुङ्गो लागे पछि कार्यकताको भुमिका नै प्रमुख हुन्छ । पार्टीको विचारधारा सङ्घीय समाजवाद हो । यसलाई अगाडी बढाउने इञ्जीन भनेको संगठन हो ।’
नेता श्रेष्ठले भने, ‘हामीलाई डेन्टिङ प्न्टिङ गरिएको संगठन होइन इञ्जिन बलियो भएको संगठन आवश्यक छ । आफू आफूमा कि तँ छैन कि म छैन भनी साना साना कुरामा लडाँइ लडी राख्ने कार्यकर्ताहरूले आफ्नो शत्रुलाई पराजित गर्न सक्दैन ।’ उनले संगठनलाई सुदृढ बनाउन द्व्न्द्व ब्यवस्थापन गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया