उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुहोस्, ब्याजदरमा लचिलो हुनुहोस् : प्रम ओली

राजनीति

2/17/2019

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई शनिबार बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिएका छन् ।

“लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्” प्रधानमन्त्री ओलीले भने “सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबभन्दा कम ब्याज उठाउनुहोस् । बिलासिताका वस्तुमा लगानी कम गर्नुहोस् । ब्याज बढी गर्नुहोस् ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ