काठमाडौं, ९ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा निरीह भएर बस्नभन्दा नेकपामा आउन समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई आग्रह गरेका छन् ।
समाजवादी पार्टीका केही कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले आफ्ना पूर्व सहकर्मी भट्टराईलाई पार्टीका फर्कन आग्रह गरेका हुन् । तत्कालीन माओवादीमा प्रचण्डपछिका दोस्रो वरियतामा रहेका भट्टराईले ४ वर्षअघि पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी गठन गरेका थिए । सोही पार्टीलाई उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा विलिन गराएका हुन् ।
यस्तै अध्यक्ष प्रचण्डले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफूहरुसँगै मिल्न आउन पनि आग्रह गरे । उनले देशलाई सबै मिलेर स्थिरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अब अलग अलग चुलोचौका लगाएर नहुने समेत बताए ।
तपाईको प्रतिक्रिया