काठमाडौं, २६ मंसिर । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
स्वास्थ्यसम्बन्धी साझेदारी बैठकमा सहभागी हुन यादव भारतको नयाँ दिल्ली गएका हुन् । यादवले आमा सुरक्षा कार्यक्रममार्फत नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको बताए ।
सम्बोधन गर्दै उनँले पछिल्लो समय नेपालले समग्र स्वास्थ्यका कार्यक्रममार्फत मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार गरेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया