उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव काजखस्तानको अस्ताना प्रस्थान

राजनीति

10/22/2018

काठमाडौं, ५ कार्तिक । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार आधारभूूत स्वास्थ्य सेवा सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काजखस्तानको अस्ताना प्रस्थान गरेका छन् ।

उक्त सम्मेलनमा नेपालको सहभागिताले स्वास्थ्यमा विश्वब्यापी पहुँच र दीगो विकासको लक्ष्य प्राप्तिका विषयमा अन्तर्राष्ट्रियस्तरमा उच्च राजनैतिक प्रतिबद्वता व्यक्त हुने, प्राथमिक स्वास्थ्य सेवाको क्षेत्रमा सदस्य राष्ट्रहरुले गरेका प्रयास र उपलब्धिहरुको बारेमा सिकाईको आदान प्रदान हुने, सदस्य राष्ट्रहरुबीच स्वास्थ्यमा विश्वब्यापी पहुँच सम्बन्धमा ब्यापक छलफल भई राजनैतिक प्रतिबद्धता जनाउने र आधारभूूत स्वास्थ्य सेवाको क्षेत्रमा विभिन्न राष्ट्रहरुले गरेको उपलब्धि, प्रयास र प्रगतिहरुमा छलफल भई सिकाईहरुको आदानप्रदान हुने जनाइएको छ ।

उक्त सम्मेलन सम्पन्न भए पश्चात् उपप्रधानमन्त्री यादव अक्टोबर ३१ र नोभेम्बर ०१, २०१८ मा स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने वायु प्रदूषण र स्वास्थ्य बिषयक कार्यक्रममा सहभागी हुुनेछन् ।

यस सम्मेलनमा विभिन्न राष्ट्रहरुबीच वायु प्रदूषण र स्वास्थ्यको क्षेत्रमा भएका तथ्य, खाडल र समाधानका बिषयमा नेपाल लगायत अन्य देशले गर्दै आएका कार्यहरुको सिकाई र अवसर आदान प्रदान हुने, वायु प्रदूषणको कारणबाट हुने बार्षिक ६० लाख मानवीय मृत्यु घटाउने लक्ष्यसहितको दीगो विकास लक्ष्य २०३० को बूदाँ नं. ३, ७, ११, १३ का लक्ष्यहरु हासिल गर्नको लागि उच्चस्तरीय कार्ययोजना तय हुनेछ ।

अन्तर्राष्ट्रियस्तरका दुबै सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादव कार्तिक १६ नेपाल फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ