एकीकरणका लागि जसपाको वार्ता समिति

राजनीति

12/15/2020

काठमाडौं, ३० मंसिर । जनता समाजवादी पार्टी (जसपा)ले दलहरुसँग सम्वाद गर्न वार्ता समिति बनाएको छ ।

परिवर्तनको पक्षमा समान विचार र दृष्टिकोण भएका पार्टी र समूहसँग वार्ता गरी एकता एवं सामूहिक प्रवेश गराउन वार्ता समिति बनाइएको जसपाले जनाएको छ ।

वार्ता समितिमा कार्यकारिणी सदस्यहरु मेहराज राई, नवराज सुवेदी र केशव झा छन् । वार्ता समितिले पहिचान पक्षधर विभिन्न समूह र पार्टीसँग वार्ता गर्ने नेता झाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ