ओली समूहले प्रतिबन्ध लगाएको ‘कालो मास्क’ प्रचण्ड–नेपालद्वारा वितरण

राजनीति

1/17/2021

काठमाडौं, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहद्वारा राष्ट्रिय युवा संघको कार्यक्रममा कालो मास्क वितरण गरिएको छ ।

आइतबार काठमाडौँ नयाँ बानेश्वरस्थित बुद्धनगरमा बसेको युवा संघको बैठकमा अध्यक्ष प्रचण्डसहितको नेताले सम्बोधन गर्दैछन् । प्रचण्ड नेपाल पक्षको युवा संगठनको दोस्रो पूर्ण बैठकमा कार्यक्रम हलमा प्रवेश गर्दा कालो मास्क वितरण गरिएको छ ।

नेकपा केपी ओली समूहको कार्यक्रममा कालो मास्क लगाउनेलाई प्रतिबन्ध गरिएकोमा प्रचण्ड–नेपाल समूहमा ठीक उल्टो भेटिएको छ । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ