रुपन्देही, ७ असोज । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा कोइराला परिवारबाट उम्मेद्वारी पर्ने बताएका छन् ।
आइतबार बुटवलमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कोइराला परिवारबाट शेखर, सुजाता र आफूमध्ये एक जनाले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरे ।
कोइराला परिवार भित्रका नेताहरुको सम्बन्ध र आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वारीको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा कुनै कोइराला परिवारभित्र विवाद नभएको र आउँदो महाधिवेशनमा मिलेर नै एक जनाले उम्मेद्वारी दिने बताए ।
शेखर सुजाता र म बिच कुनै विवाद छैन महाधिवेशन आउन पनि समय छ तर त्यत्ति बेला मिलेर नै एक जनाको उम्मेद्धारी पर्छ ।महामन्त्रि कोइरालाले पार्टीको बिधान संशोधन गर्दा केन्द्रीय सभापति सहित केन्द्रका अधिकारलाई वडा तहसम्म विकेन्द्रित गर्नु पर्ने बताए । उनले भने पार्टी सामुहिक नेतृत्वमा जाने कि सभापतिय पद्धतिमा भन्नेमा स्पष्ट पारेनन् ।
कांग्रेस महामन्त्री कोइरालाले दुई तिहाई बहुमतको सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र स्पष्ट बिकासका योजना ल्याउन नसकेको बताएका छन।महामन्त्रि कोईरालाले पार्टी गुट उपगुटका कारणले सहि हिसावले अघि बढन नसकेको उल्लेख गर्दै आन्तरीक विवादलाई साम्य पारेर आगामी निर्वाचनमा काग्रेस पहिलो पार्टी बन्ने दाबी गरे ।
डा कोइरालाले मुलुक संघियतामा गएपछी पनि दुई तिहाईको कम्युनिष्ट सरकारले केन्द्रिकृत शासन चलाउन खोजिरहेको वताए। यस्तो अवस्थामा जनतालाई अधिकार दिलाउन काग्रेसको भुमिका महत्वपुर्ण हुने उनको भनाई छ ।महामन्त्रि कोइरालाले मुल्यबृद्धि र कर बृद्धिले जनता निराश भएको बताउदै सरकारलाई समयमै सोच्न र गलत निणर्य सच्याउन आग्रह गरे ।
रिपोर्टस क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको सभापतित्व र कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
तपाईको प्रतिक्रिया