कांग्रेसका पूर्व बुथ सभापति फोरममा प्रवेश

राजनीति

3/18/2019

वीरगंज, ३ चैत । वीरगंज महानगरपालिका वडा नम्बर २२ मनियारमा आयोजित संघीय समाजवादी फोरम नेपालको वडा कमिटी गठन अधिवेशन कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी पूर्व बुथ सभापति फोरम नेपालमा प्रवेश गरेका छन् ।

वडा कमिटी गठन गर्न आयोजना गरिएको अधिवेशन कार्यक्रममा कांग्रेसका पूर्व बुथ सभापति प्रभु यादव फोरम नेपालमा प्रवेश गरेका हुन् ।

सयौंको संख्यामा प्रवेश गरेका यादव लगायत सबै जनालाई पार्टीका जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य प्रदिप यादवले फुलमाला अविरलगाई पार्टी प्रवेश गराएका थिए ।

अधिवेशनबाट वडा नम्बर २२ मनियारीमा प्रमोेद यादवको अध्यक्षतामा २१ सदसीय वडा कमिटी गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ