काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निम्तोमा कोइराला दिल्ली प्रस्थान गरेका हुन् ।
मोदीको निम्तो मान्न दिल्ली प्रस्थान गरेका कोइरालाको भारत भ्रमणलाई निकै चासोको रुपमा हेरिएको छ ।
दिल्लीमा रहँदा कोइरालाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँगपनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया