जनकपुरधाम, २४ भाद्र । जननायक बिपी कोइरालाको विचार, सिद्धान्त र व्यवहार विपरित नेपाली काङ्ग्रेस उद्यत हुनाले लोकप्रियतामा प्रश्न चिह्न लागेको धारणा व्यक्त गरिएको छ ।
काङ्गे्रस धनुषाद्वारा यहाँ आयोजित विचार गोष्ठीका वक्ताहरूले बिपीका विचार, सिद्धान्तलाई औपचारिकताको परिधिमा सीमित गर्नुले काङ्गे्रसको सङ्गठन कमजोर भएको बताए ।
मुलुकको रााष्ट्रियता जोगाएर जनाधिकार सुरक्षित गर्दै विकासका लागि कुन विधि र शासनपद्धति अवलम्बन गर्नुपर्छ भन्ने सन्दर्भमा सिद्धान्त नै प्रतिपादन गरेका कारण जननायक कोइरालाप्रति मुलुकका सबै दलको हृदयतः आदरभाव रहेको उनीहरूले प्रसङ्ग उल्लेख गरे ।
प्रदेश नं २ प्रदेशसभा काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादवले बिपी कोइरालाले मुलुकका आर्थिक, राजनीतिक, कूटनीतिक लगायतका क्षेत्रमा जुन महत्वपूर्ण जग बसाल्नु भयो, त्यसैमा आज मुलुक अडिएको छ भने ।
तपाईको प्रतिक्रिया