काठमाडौं, २४ भाद्र । पूर्वसभामुख तथा काङ्ग्रेस नेता तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताए । उनले काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने भविष्यवाणीसमेत गरे ।
“काङ्ग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, त्यसमा छैन”, १०५औँ बिपी जयन्तीको अवसरमा बिपी विचार राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा रानाभाटले भने, “काङ्ग्रेसले बिराएको बाटो छाडेर सही बाटो समात्नुपर्छ ।”
काङ्ग्रेस नेता कुलबहादुर गुरुङले बिपीको विचारको अबमूल्यन भएको गुनासो गरे । बिपीको सिद्धान्त कागजमा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्नु सिङ्गो काङ्ग्रेसको भुल भएको नेता गुरुङको भनाइ छ ।
तपाईको प्रतिक्रिया