कपिलवस्तु, २१ माघ । नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरुले सदरमुकाम तौलिहवामा नारा जुलुस गरी तौलिहवा बजार परिक्रमा गरेका थिए ।
बुद्ध पद्यम माविको खेल मैदानबाट सूरु भएको प्रदर्शन, नयाँटोल, गौढीचौक, भिक्षु चौक परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडी आई सभामा परिणत भएको छ ।
सभामा केन्द्रीय सदस्य अतहर कमालले वर्तमान सरकारले दुई तिहाइको दम्भले जनता विरोधी काम गरेको हुँदा कांगे्रसले सडक र सदनमा आन्दोलनमा जानु परेको बताए ।
सरकारले संवैधानिक आयोग जस्ता निर्णयमा प्रतिपक्षको सहभागिता विना नै निर्णय गरी संविधान विरोधी कार्य गरेको आरोप लगाए ।
पूर्वमन्त्री दीपकुमार उपाध्यायले सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्नुको साटो जनतालाई झुटा आश्वासन दिने काम गरेको हुँदा सरकारलाई सचेत गराउन आन्दोलनमा जानु परेको बताए ।
जिल्ला सभापति सुरेन्द्रराज आर्चायले कृषिमन्त्री कपिलवस्तु जिल्लाकै भएपनि १ बोरा मलखाद्य किसानले पाउन नसक्नुले नै सरकाकरको काम जनताले मुल्याकन गरेको बताए ।
जनतालाई सास्ती दिने काम मात्र सरकारले गरेको हुँदा सरकारलाई सकारात्मक कामममा लाग्नका लागि दबाब दिएको बताए ।
सो अवसरका पूर्वसभापति राजेश आचार्य, सुधाकर पाण्डेय, महिला संघकी केन्द्रीय सदस्य सुमीत्रा शर्मा, तरुण दलका अध्यक्ष शक्ति सिंह ठकुरी, गंगेश तिवारी लगायतले सभामा सम्बोदन गरेका थिए ।
कार्यक्रमको संचालन चन्द्रकान्त पोख्रेलले गरेका थिए । विरोध सभामा ५ हजार बढी कार्यकर्ताको उपस्थिति रहेको कांग्रेस कपिलवस्तुले जनाएको छ ।
तपाईको प्रतिक्रिया