कपिलवस्तुमा स्वतन्त्र राजनीतिक समूहको समिति गठन

राजनीति

1/6/2019

कपिलवस्तु, २१ पुस । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७ को विशुनपुरमा भेला गरी स्वतन्त्र राजनीतिक समूहको इकाई समिति गठन गरिएको छ ।

पछिल्लो समयमा काठमान्डौंमा बसेको स्वतन्त्र राजनीतिक समूहको बैठकमा छलफल गरि दिएको निर्देशानुसार कपिलवस्तुको क्षेत्र नं.३ को कृष्णनगर नगरपालिका वडा नं.७ मा ४ सदस्य रहने गरि इकाई गठन गरिएको छ ।

मगरे यादवको अध्यक्षतामा बसेको भेलामा प्रमुख अतिथि पूर्वमन्त्री इश्वर दयाल मिश्र, समाजसेवी हरिहर प्रसाद मिश्र, राज मंगल यादव, पूर्ण लाल मौर्या, श्याम सुन्दर चौधरी, तपास कुमार मिश्रा, प्रदीप त्रिपाठी, धर्मेन्द्र कुमार शुक्ल (वीरु), समाजसेवी, शिक्षा प्रेमि, भद्रभलादमी, महिला, पुरुष लगायत २०० भन्दा बढीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ