कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः गुप्त

राजनीति

12/9/2018

कपिलवस्तु, २२ मंसिर । जिल्लाको जेठो सामुदायिक क्याम्पस कपिलवस्तु बहुमुखी क्याम्पसको ९औं साधारण सभा तथा द्रोस्रो अधिवेशनवाट पुन अध्यक्षमा रामदास गुप्त अध्यक्षमा निर्वाचित भएका छन् ।

सर्वसम्मत रुपमा गुप्तसहित अन्य संचालक समितिका सदस्यहरु समेत चयन भएका छन् । सदस्यहरुमा सुरेश प्रसाद शर्मा, वावुराम खनाल, देवराज पाण्डेय कैलाश प्रसाद अग्रहरी निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यहरुमा माया ज्ञवाली, सुनेता दुवे र इन्दिरा पौडेल निर्वाचित भएको निर्वाचन अधिकृत नुर मोहम्दले जानकारी दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष गुप्तले क्याम्पुको विकास र शैक्षिक क्षेत्रमा गुणस्तरियता कायम गर्न लाग्ने प्रतिवद्धता जनाएका छन् । साधारण सभाको उद्घाटन सांसद वृजेश कुमार गुप्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ