काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका साँसदहरुसँग मंगलबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले गत वर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेको बताउँदै यसपाली कर्णालीलाई प्राथमिकतामा राखिने बताए ।
“गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्यो क्रम दोहोरिँदैन ” प्रधानमन्त्री ओलीले भने “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्दछ ।”
प्रधानमन्त्री ओलीले जनसंख्याका आारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको बताए । “कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ” प्रधानमन्त्री ओलीले भने “यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मुल प्रवाहमा ल्याउनु पर्दछ ।”
तपाईको प्रतिक्रिया