काठमाडौं, २३ चैत । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले कोरोना भाईरस रोकथाम गर्न सरकारलाई सात सुझाव दिएका छन् ।
पछिल्लो चरण भाइरसका सङ्क्रमित बढेसँगै सबैको तीव्ररुपमा चासो र चिन्ता बढेको हो ।
उनले दिएका सात सुझावहरु यसप्रकार रहेका छन्ः
१. जति पनि हवाईमार्ग र स्थलमार्ग नाका छन, अझ कडाईका साथ बन्द गर्दै आवत–जावत पूर्ण बन्द गर्ने ।
२. सङ्क्रमित र नयाँ सङ्क्रमित पत्ता लगाउन टेष्टमा तीव्रतादिदै चौधदिन नेपाल पूर्ण होम क्वारेन्टाइनमा राख्ने ।
३.चौधदिन जनता घरभित्र राख्दा उखान सुनाउदै नबस्ने, भ्रष्ट्राचार गर्दै नबस्ने ।
४.एयारपोर्टमा दैनिक ५ हजार र सीमा नाकामा दैनिक १० हजार सङ्ख्यामा मानिस क्वारेन्टाइनमा राख्न सकिने व्यवस्था गर्ने ।
५. सङ्क्रमितलाई सिधै नजिकका अस्पतालमा रेफर गर्ने, प्राइभेट र सरकारी दुबैलाई कडाईका साथ उपचार गर्न निर्देशन दिने । निर्देशन नमान्नेको लाईसेन्स खारेज गर्ने । तत्काल कोरोना कोषमा हामीजस्ता गरीब र धनाढ्य दानवीरले जम्मा गरेको अर्वौ रकम यसनिम्ति तु.खर्च गर्ने ।
६.चौध दिनपछि लकडाउन हटाउने, जनता आफ्नो काममा फर्कन्छन, नयाँ प्रवेश गर्नेलाई नाकामै चौध दिनसम्म क्वारेन्टाइनमा राख्ने ।
७.कोरोना भाइरस तातोमा मर्ने भएकोले एयारपोर्ट र सीमा नाकामा क्वारेन्टाइनमा बस्नेलाई दैनिक ८ पटक नुन/तातोपानीले मुख कुल्ला गर्न लगाउने, उच्च सुरक्षासाथ विशेष र अतिरिक्त पारिश्रमिक दिएर आवश्यक स्वास्थ्यकर्मी खटाउने । सेनिटाइजको राम्रो प्रबन्ध र सस्तो शुल्कमा तात्तातो खानेकुराको व्यवस्था गर्न क्यान्टिन सञ्चालनमा ल्याउने ।
तपाईको प्रतिक्रिया