कर्मचारी समायोजनमा कसैको सोर्सफोर्स चल्दैन : प्रमुख सल्लाहकार रिमाल

राजनीति

1/13/2019

काठमाडौं, २८ पुस । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्मचारी समायोजनमा कसैको सार्सफोर्स नचल्ने बताएका छन् ।

उनले कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने विषय सफ्टवेयर मार्फत निर्धारण हुने भन्दै कसैले कसैलाई चिनेको भरमा निर्णय नहुने प्रष्ट पारे । हालसम्म ६० हजार कर्मचारी समायोजन प्रकृयामा संलग्न भइसकेको भन्दै अव यो नरोकिने पनि बताए ।

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) प्रदेश नं ३ संगठन कमिटीले संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) को नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई सम्मानका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै रिमालले संघियतामा गइसकेको अवस्थामा सोही अनुरुप सवै संरचना पनि रुपान्तरण हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै रिमालले आगामी साउन देखि पूर्ण रुपमा लागु हुने सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको जीवनमा महत्वपूर्ण परिवर्तन आउने धारणा राखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ