कपिलवस्तु, ६ कार्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिका कृष्णनगरमा शुक्रबार राति माँँ दुर्गाको मूर्ति बिसर्जनको कार्यक्रम थियो ।
मूर्ति बिसर्जनको लागि पुरानो थाना रोडबाट कृष्णनगर नगरपालिका वडा नं. २ मदिना मस्जिद अगाडि हुँदै पुरै बाजारभित्र परिक्रमा गरी शिवानगर पोखरीमा बिसर्जन गर्ने तैयारीमा आयोजकहरु थिए ।
तर मदिना मस्जिद अगाडि मुर्ति लिएर आएपछि केही असामाजिक व्यक्तित्वहरुले बिसर्जनको क्रममा मस्जिद माथि ढुंगा मुढा गरेका थिए । युगौंदेखि धार्मिक सहिष्णुता रहेको.कृष्णनगरमा आपसी एकता, अमन चैन बिगार्ने प्रयास उनीहरुले गरेका थिए ।
यसरी सदियौंदेखि चलिरहेको हिन्दू र मुस्लिम बीचको भाईचाराको सम्बन्ध केही छिनमा बिगारी दिएका थिए । तर समाजका केही भलाद्मी, सभ्य र बुद्धजीबिहरुको अथक प्रयासले आइतबार साझ ४ बजेदेखि प्रसाशनको अगुवाईमा मूर्ति बिसर्जन कार्यक्रम सम्पन्न भएको थियो ।
यस प्रकारको उपद्रकारी, गलत असहिष्णुकारी घटना भएकोले यस घटनामा के–कस्ता व्यक्तित्वहरुको संलग्ता थियो त्यसको बारेमा छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्यवाही गर्नुपर्छ भनि संघीय समाजवादी फोरम नेपाल प्रदेश ५ का प्रवक्ता, समाजसेवी तथा युवा नेता अकरम पठानले सरकारसँग जोडदार माग गरेका छन् ।
शान्ति व्यवस्था कायम गरेकोमा व्यापारी, आम जनमानस, कृष्णानगर बुद्धिजीवी समाज लगायत प्रहरी, प्रशासनलाई धन्यवाद पनि दिएका छन् ।
तपाईको प्रतिक्रिया