कुस्ती खेल मधेशको पहिचान : सांसद यादव

राजनीति

10/14/2018

वीरगन्ज, २८ असोज । वीरगन्ज गण्डक बाईपास सडक खण्डको बहुवरीमा अवस्थित हनुमान मन्दिरमा शनिबार महाविरीमेला सुरु भएको छ ।

बाराको परवानीपुर गाउँपालिकाको बहुअरी गाउँद्वारा आयोजित वाईपास सडक खण्डको हनुमान मन्दिर अगाडी महाविरी मेला लागेको हो ।

संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले मेलामा लगाएको कुस्ति प्रतियोगिताको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवं पर्सा निर्वाचन क्षेत्र न.१ का सांसद प्रदीप यादवले उद्घाटन गरेका थिए ।

अयोजना गरिएको कुस्ती प्रतियोगितामा भारतको बनारस, गोरखपुर, हाजिपुर, दिल्ली, रामनगर, मिर्जापुर, सुगौली र नेपालको मिर्जापुर, चैनपुर, जयमंगलापुर, गर्दौल, सिरहा लगायतका स्थानमा दुई दर्जन भन्दा बढी कुस्ति खेलाठीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष महाविर यादवले जनाएका छन् ।

मेलाको उद्घाटन गर्दै सांसद यादवले मेलामा अयोजना गरेको कुस्ति प्रतियोगिताले संस्कृतिको रक्षा गर्नुको साथै नेपाल भारतको मित्रतालाई समेत बल पु¥याउने दावी गरेका थिए ।

उनले कुस्ती खेल मधेसको पहिचानको रूपमा रहेको जिकिर गरे । यादवले मधेश प्रदेशमा कुस्ती खेललाई प्राथमिकतामा राखिने बताए ।

दशैं तिहार र छठ पर्वको अवसरमा मधेसका विभिन्न जिल्लामा अयोजना गरिने यस्ता कुस्ति प्रतियोगिताले नेपाल–भारत बीच रहेको सताब्दिऔं पुरानो सुमधुर सम्बन्धलाई जनस्तर देखी नैं बलियो बनाउन मद्दत पुर्याउदै आएको धारणा व्यक्त गरे । उनले मधेशमै मात्र कुस्ति खेलिने भएको हुनाले सरकारले सेवा सुविधा र अन्य कुनै व्यवस्थामा विभेद गरेको आक्रोश पोखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ